काठमाडौं जिल्ला अदालतमा दर्ता क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइ गर्न आज (आइतबार) का लागि पेसी तोकिएको छ। सन्दीपविरुद्धको मुद्दा पेसी सूचीमा आठौं नम्बरमा छ। आज सुनुवाइ हुने सम्भावना कम छ भने भइहाले पनि आजै बहस सकिने सम्भावना देखिन्न। सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएको बताएका छन्। गत वर्ष भदौमा एक किशोरीले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








