हेटौंडा – मिति २०८०।०४।३० गते बिहान अं. ११:२५ बजेको समयमा जिल्ला
मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ९ लामसुरेधाप स्थित सुशिला साउदको
घरबाट नगद रु. ३०,०००।– (तिस हजार), सुनको सिक्री डेढ तोलाको १ थान, सुनको
बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १
जोडी, सुनको मुन्द्र २ आनाको १ जोडी र घडी १ थान समेत गरी जम्मा मल्य रु.
५,३२,०००।– (पाच लाख बत्तिस हजार) बराबरको सुनको गरगहना, घडी समेत चोरी
गर्ने जिल्ला सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २८
को भिमलाल लामा ऐ.ऐ. बस्ने अं. वर्ष २८ को प्रदिप तामाङ ऐ.ऐ. बस्ने अं. वर्ष २९ को
आकाश तामाङ र चोरी भएको सुनका गर गहनाहरु खरिद गर्ने ऐ.ऐ. वडा नं. ६ घर भई
हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थितमा रितु सुन
पसल संचालन गरी बस्ने अं. वर्ष ३१ को राजेन्द्र रसाईलीलाई मिति २०८०।०५।०७ गते
काठमाण्डौको बिभिन्न वडाहरुबाट पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित
मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमती लिई चोरी तथा डाँका सम्बन्धि
कसुरमा थप अनुसन्धान कार्य भैरहेको ।









