हेटौँडा। हेटौँडा ११ नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । १५ औं स्थापना दिवसको अवसरमा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
३ जना महिला र १७ जना पुरुषले रक्तदान गरेका छन् भने सहकारीका अध्यक्ष फुलमान श्रेष्ठ र कोषाध्यक्ष खेमराज सापकोटाले ब्लड व्याग हस्तान्तरण गर्नुहुँदै रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो ।
Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








