आज श्री कृष्ण जन्माष्टमी देशै भरी पूर्ण श्रद्धा तथा भक्तिका साथ मनाइँदैछ । कृष्ण पक्षको अष्टमी तिथिका दिन कृष्ण जन्माष्टमी मनाइन्छ ।
आजको दिन भगवान कृष्णको पूजा–आराधनाका साथ व्रत बसी भक्तजनहरु कृष्ण भजन–क्रिर्तन गर्छन् । तर भगवान कृष्णको पूजा गर्दा केहि कुरामा ध्यान दिनु आवश्यक छ ।
स्वच्छ वस्त्र धारण
जन्माष्टमीका दिन बिहान छिट्टै उठेर नुहाइसकेपछि सफा वस्त्र धारण गर्नु पर्छ । त्यसपछि मन्दिर कोठामा सरसफाइ गरेर फूल मालाले मन्दिर सजाउनु पर्छ ।
फूलले गर्ने भगवान कृष्णको श्रृंगार
भगवान विष्णुलाई तुलसी अति प्रिय छ । त्यसैले कृष्ण जन्माष्टमीका दिन भगवान कष्णलाई भोग लगाउँदा त्यसमा तुलसीको पात हाल्न बिर्सनु हुँदैन ।
पञ्चामृतले अभिषेक
भगवान कृष्णलाई पञ्चामृतले अभिषेक गर्नु आवश्यक छ । कृष्ण जन्माष्टमीका दिन दूध, दही, ध्यू ,मह र चीनी मिलेर बनेको पञ्चामृतले भगवान कृष्णको अभिषेक गर्नु पर्छ । भगवान कृष्णको अभिषेकका लागि गाईको ध्यूको प्रयोग गर्नु पर्छ ।
पहेँलो वस्त्र
भगवान कृष्णको एउटा नाम पीताम्बरी पनि हो, त्यसैले उनलाई पहेलो रंगको वस्त्र लगाइदिनु पर्छ । यसका साथै फूलले उनको श्रृंगार गर्नु पर्छ । कृष्णलाई अत्यधिक मन पर्ने मयूरको मुकुट लगाउनु आवश्यक छ ।
घरमा बनेको प्रसादको मात्र भोग लगाउने
भगवान कृष्णलाई घरमा बनेको प्रसादको मात्र भोग लगाउनु पर्छ । किनेर ल्याएको मिठाईको भोग लगाउनु हुँदैन ।
कृष्ण मन्त्रको जप
भ्गवान कृष्णको पूजा गर्दा श्रीकृष्ण मन्त्र कृं कृष्णाय नमःको जप गरिरहनु पर्छ । यसको साथै राधा नामको जप पनि गर्न सकिन्छ ।








