
हेटौंडा/सिटिजन्स् बैंक इ्टरनेसनल लिमिटेड हेटौंडा शाखाले आजबाट हेटौंडा उपमहानगरपालिका वडा १मा रहेको तरकारी तथा फलफूल थोक बजारबाट घर दैलो कार्यक्रम शुरवात गरेको छ।
Advertisement
डिजिटल वित्तीय साक्षरता,लघु, साना तथा मझौला उद्यमहरु वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको सिटिजन्स् बैंक हेटौंडा शाखाका प्रमुख निश्चल सुवेदीले जानकारी दिए ।
उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको भूमिका र व्यवसायमा त्यसको प्रयोगबारे जानकारी दिने साथै, डिजिटल भुक्तानीलाई दिगो बनाइराख्न उपलब्ध विभिन्न सेवाहरू पनि गराइनेछ ।
यस्ता कार्यक्रमले ग्राहक तथा व्यवसायीहरुलाई बैंकिङ सहजता प्रदान गर्ने गरेको सुवेदीले बताए। बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्ने गरेको छ, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ग्राहकहरु को लागी सहजता प्रदान गर्ने गरेको उनको भनाई छ
।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







