नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशन पुस २८ गते हेटौँडामा हुने भएको छ । संगठनको सम्मेलनको विषयमा आज जानकारी दिन हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संगठनले प्रथम अधिवेशनमा करिब १ सय जना प्रतिनिधिहरुको सहभागिता हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज समिम खानले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज समिम खानले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए ।हे
हेटौँडाको बालकुमारी पार्टी प्यालेमा हुने अधिवेशनमा नेपाल मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय अध्यक्ष, प्रतिनिधिसभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य सिराज फारुकी सहितका एमाले नेताहरुको सहभागिता रहने छ ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य फारुकीले मुस्लिम इत्तेहाद संगठनको रुपरेखा बनाउने भूमि मकवानपुरमा बागमती प्रदेशको पहिलो अधिवेशन गर्न लागिएको बताए । मुस्लिम समूदायको हक अधिकारको पक्षमा काम गर्दै आईरहेको संगठनले निकै पछि पारिएको समूदायको उत्थानका विषयलाई अधिवेशनमा उल्लेख गर्ने उनको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपमहासचिव एवम् संगठन विभाग प्रमुख जगुल मियाले अधिवेशनबाट बढिमा ३३ सदस्यीय प्रदेश कमिटि निर्माण गर्ने तयारी रहेको बताए । अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र एक उपसचिव सहितको कमिटि चयन गर्ने उनको भनाई रहेको छ ।
हाल मुस्लिम इत्तेहाद संगठनको भेला, सभा सम्मेलनको लागि अध्यक्ष फारुकी, उपमहासचिव मिया सहितको टिम देश दौडहामा रहेको कार्यक्रममा जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज महमत सफिक सहित जिल्ला तथा प्रदेश तहका नेताहरुको सहभागिता रहेको थियो ।







