हेटौडा उपमहानगरपालिका वडा १३ का २० वर्षिय योगेश अर्यालको आँखाको नानी संकनल गरिएको छ । स्वर्गीय अर्यालका काका नवराज अर्यालले परीवारकोे ईच्छा अनुसार स्वर्गीय अर्यालको आखा दान गरीएको हो ।
Advertisement
दुर्घटनामा परेर मृत्यु भएका अर्यालका आफन्त पूर्ण प्रसाद अर्यालले हाम्रो परिवारमा नसाचेको घटना घटेपनि बितेर जाने व्यक्तिको आखाको नानीले दृष्टिविहिनले आँखाको दृष्टि पाउने हुँदा परिवार तयार भएको बताए । मृतकका छिमेकी माधव घिमिरेले पनि परिवारमा आवश्यक समन्व गर्नु भएको थियो ।
हेटौडा सामुदायिक आखा अस्पतालमा पहिलोपटक हेटौडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । तत्पश्चात विभिन्न समयमा गरेर हालसम्म १९ जनाको आखाको नानी संकलन गरी सकिएको अस्पतालका प्रसाशनले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







