हेटौंडा – चुरियामाईमा बिहीबार बिहान १ बजेतिर तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षका बहादुर सिंह, सोही स्थानकी ६५ वर्षीया मिरा देवी, बैजन्ती देवी, श्रीकान्त चतुरवेदी, सत्यवती र राजेन्द्र चतुरवेदी रहेका छन् ।
यस्तै नेपालको महोत्तरी जिल्लाको लोहार पटी नगरपालिकाका ४१ वर्षका बिजय लाल पण्डितको पनि मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको र घाइते एकजनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । त्यस्तै एकजनाको हेटौँडास्थित चुरेहिल अस्पताल, एकजनाको सन्चो अस्पताल र बाँकी १४ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
https://www.youtube.com/shorts/_71FF7_gpis?feature=share