बसामाडी जेसीजको २५ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शुक्रबार हेटौंडामा आयोजित कार्यक्रम २०२४ का अध्यक्ष उद्धवराज कठायतको टिमको पदस्थापना तथा पुरस्कार वितरणमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रवि पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि पोख्रेलले आफूले माया गरेको शुरू देखिनै यस संस्थाले आफ्नो जीवनमा धेरै परिवर्तन गरेको र जेसिसले युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा उनले खुसी व्यक्त गरे ।
उक्त कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट एसइइ परीक्षामा जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल भूटनदेवी माध्यमिक विद्यालयकी यादव रविना अधिकारीलाई नगद ११ हजार १११ सहित सम्मान गरिएको थियो ।

त्यस्तै पत्रकारिता क्षेत्रमा क्रियाशील साझाकुराकर्मी तथा नेपाल कलम डट कमकी प्रतीक्षा न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कठायतले आफूले फरक किसिमले आफ्नो कार्यकाल समापन गर्ने बताएका छन। उनले नया स्लोगन सरल,सवल र सक्रियता युवा नेतृत्व भन्ने नाराका साथ युवाहरुलाई समेट्ने बताएका छन ।
कार्यक्रममा वर्ष सन् २०२३ का अध्यक्ष जनक भण्डारीले आफ्नो कार्यकालमा सहयोग गर्ने जेसीज सदस्य, पूर्व अध्यक्ष तथा शाखा अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
पदस्थापनापश्चात अध्यक्ष कठायतले विस्तार गरेको कार्यसमितिले पद र गोपनियताको सपथ लिएको थियो । वर्ष सन् २०२४ का लागि अध्यक्ष कठायतसँगै कार्यकारिणी उपाध्यक्षमा सुदिप नेपाल र दिपेन्द्र यादब, उपाध्यक्षमा प्रमोद उप्रेती, ध्रुब गौतम , अभ्युदय खनाल र आयुश बोम्जम निर्वाचित भएका थिए। कार्यक्रम जनक भण्डारीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।








