प्रेस चौतारी नेपालले आज मकवानपुरको साखामा आफ्नो नयाँ कार्यालय उद्घाटन गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको यो कार्यालयको उद्घाटन प्रेस चौतारीका महासचिव हिरामान लामाले गर्नुभएको हो।
कार्यक्रममा बोल्दै लामाले यो कार्यालयबाट चौतारीले आफ्ना आन्तरिक कार्यहरू र समाचार लेखनको कामलाई अझ बढी प्रभावकारी बनाउन सक्ने बताउनुभयो।
कार्यक्रममा चौतारीका सचिब तथा बागमती प्रदेश इन्चार्ज विष्णु तारुके, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापालगायतको सहभागिता रह्यो। यस कार्यालय उद्घाटन समारोहको अध्यक्षता प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले गर्नुभयो।
यस्तै, प्रेस चौतारी मकवानपुरले आयोजना गरेको ‘प्रविधि विकास र डिजिटल पत्रकारिता’ विषयक दुई दिने कार्यशाला पनि आज सम्पन्न भएको छ।
कार्यक्रमका मुख्य अतिथि एमाले मकवानपुर अध्यक्ष तथा पूर्व मन्त्री एकलाल श्रेष्ठले यो कार्यशाला फलदायी रहेको बताउनुभयो। डिजिटल युगमा पत्रकारहरू यस क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब हिरामान लामा, सचिब तथा बागमती प्रदेश इन्चार्ज बिष्णु तारुके, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, चौतारीका बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, सञ्चारीका समुह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यशालाको अध्यक्षता प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले गर्नुभयो भने उपाध्यक्ष पुष्पराज अधिकारीले स्वागत मन्तव्य राख्नुभयो। 








