माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष आगामी चैत १५ देखि २७ गतेसम्म हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।
Advertisement
बोर्ड अध्यक्ष डा. महाश्रम शर्माका अनुसार बिचमा होली पर्व परेकाले त्यसपछि मात्र परीक्षा गर्ने निर्णय गरिएको हो। चैत ११ र १२ मा होली पर्व रहेकाले त्यसपछि मात्र परीक्षा लिन लागिएको उनले बताए।
यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजारभन्दा बढी विद्यार्थीहरूले आवेदन दिएका छन्। परीक्षामा प्रत्येक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनु अनिवार्य रहेको बोर्डले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








