हेटौंडा/मकवानपुर प्रहरीले हेटौँडाबाट ढुवानी कर छली गरी मल बोकेका ८ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।
Advertisement
हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेबाट गत माघ ५ र ६ गतेमा ढुवानी कर छली गरी मल बोकेका ८ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पूर्व-पश्चिम राजमार्गको रातोमाटे क्षेत्रबाट भैरहवातर्फ जाँदै गरेका उक्त ट्रकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो। ट्रकहरूमा ३ हजार ६८० बोरा मल बरामद भएको छ।
प्रहरीका अनुसार उक्त ट्रकहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








