मकवानपुरमा राष्ट्रिय युवा संघ नेपालको नयाँ जिल्ला कमिटी गठन भएको छ। बुधबार हेटौँडामा भएको बैठकले राजेश नगरकोटीको संयोजकत्वमा ७७ सदस्यीय कमिटी चयन गरेको हो।
कमिटिको सह-संयोजकमा सबिन लामा रहका छन्। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका लेखा आयोगका प्रमुख सन्तोष चौलागाई,नेकपा एमाले पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवि ज्ञवाली,नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघ, महासचिव धरम बहादुर लामा, राष्ट्रिय यूवा संघ नेपाल स्थायी कमिटी सदस्य मिलन पाठक,
राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य प्रकाश लामा,दिल माया घर्ती,राष्ट्रिय यूवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्ष नरेन्द्र भण्डारी, राष्ट्रिय यूवा संघ नेपाल प्रदेश सदस्य विश्वराज राई,नेकपा एमाले जिल्ला कमिटि सदस्य सानुकुमार लामा,नेकपा एमाले जनसंगठन समन्वयका उपसंयोजक आरती पाठक लगायतको विभिन्न संगठनका प्रतिनिधि तथा राष्ट्रिय युवा संघका नेताहरुको सहभागी थियो ।नेपाल राष्ट्रिय युवा संघका उपाध्यक्ष कृष्णहरि केसीको उपस्थितिमा भएको बैठकको सभापतित्व केन्द्रीय सदस्य लक्ष्मण उप्रेतीले गरेका थिए।








