चैनपुर जेसीज मनहरीले शनिबार मनहरी-५ स्थित शिखरबासका ५० घरपरिवारलाई कम्बल वितरण गरेको छ। जाडोबाट प्रभावित परिवारलाई लक्षित गरी पोषक ब्रिडर फार्म र ओसीबी पैलेटको सहयोगमा कम्बल उपलब्ध गराइएको हो।
जेसीजका अनुसार वडा कार्यालयको आग्रहमा स्थानीयसँग समन्वय गरी कम्बल वितरण गरिएको हो।जेसीज अध्यक्ष रविन ढकालका अनुसार वडाको आग्रह अनुसार स्थानीयसँग समन्वय गरी कम्बल वितरण गरिएको हो ।
Advertisement
मनहरी–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कम्बल वितरण कार्यक्रममा मकवानपुरका युवा व्यवसायी तथा उद्योग बाणिज्य संघ मकवानपुरका उपाध्यक्ष राजु अधिकारीको विशेष आतिथ्यता रहेको थियो । जेसीज लगातार सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








