वडा नम्बर ११ को आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा असेज अधिकारी प्रथम हुन सफल भएका छन्। बाल श्रम, बालशोषण र हिंसा अन्त्यमा बालबालिकाको भूमिकाबारेको वक्तृत्वकला प्रतियोगितामा अधिकारीले पहिलो स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा २५ जना बालबालिकाको सहभागिता रहँदा आँचल सुवेदी दोस्रो र सायना सपकोटा तेस्रो भएका छन्। विजेतालाई ५ हजार पुरस्कार प्रदान गरिएको छ। यो प्रतियोगिता सहिद सप्ताह कार्यक्रमको एक अंश हो।
वक्त्तृवकलाको निर्णायकमा आरती पाठक,अर्पण पराजुली र माया लामा रहेका थिए । कार्यक्रमका सहभागीहरुलाई आइतबारनै शहीद स्मारक विकास समिति सचिव रघुनाथ खुलालले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
सप्ताहव्यापी कार्यक्रम अनुसार माघ १५ गते सोमबार सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, शहीद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक बिकास समितिले जनाएकाे छ ।
१५ गते हुने साँस्कृतिक कार्यक्रममा गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, गायिका रिया खड्का लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने बताइएकाे छ ।








