मकवानपुरका दलित नेताहरूले संविधानमा उल्लेखित दलित अधिकारहरू कार्यान्वयन नभएको विरोध जनाएका छन्। बागमती प्रदेश दलित सशक्तीकरण विधेयक निर्माणका लागि दलित महिला संघले हेटौँडामा गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले यस्तो गुनासो राखेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले दलित अधिकार सम्बन्धी वाकविगत मात्रले काम नगर्ने बताउँदै सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए। दलितविरुद्धका घटनाहरू बढ्दै गएको प्रति चासो व्यक्त गरे।
दलित अधिकार सम्बन्धी विषयमा संविधानमा धेरै कुरा लेखिएपनि कार्यान्वयन कमजोर रहेको उनीहरूको भनाइ छ। दलित अधिकारकर्मी कमलकुमार विश्वकर्माले दलित अधिकारलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए।
दलित अधिकार सम्बन्धी वाकविगत मात्रले काम नगर्ने बताउँदै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए। दलितविरुद्धका घटनाहरू बढ्दै गएको प्रति चासो व्यक्त गरे।
दलित महिला संघ मकवानपुर अध्यक्ष पवित्रा विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । दलितको अधिकारका निम्ति विधेयक र ऎन आवश्यक रहेकोले निरन्तर अभियान सन्चालन गरिने उनले बताइन्








