हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न हेटौँडा आइपुगेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिष्णुकुमार केसीले प्रदेश प्रहरीबाट हुँदै आएका कमिकमजोरी सच्याउने र अपराध नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताएका छन्।
Advertisement
परिचयात्मक कार्यक्रममा मकवानपुरे पत्रकारहरूले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, अवैध खानी उत्खनन लगायतका विषयमा प्रश्न गरेका थिए।
डीआईजी केसीले उक्त समस्या समाधानका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमाध्यमको साथ र सहयोगको अपेक्षा गरेका छन्। कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता, पत्रकार महासंघका पदाधिकारी र पत्रकारहरू सहभागी थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







