हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
Advertisement
सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्युु हुनेमा हेटौंडा १६ जुरेथुम बस्ने हरि पनेरु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृतककी पत्नी अर्चना पनेरू घाइते भएकी छिन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।घटनास्थलमा प्रहरी पुगेको छ । शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








