हेटौंडा/हेटौंडामा जारी ६औं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विजयी सुरुवात गरेको छ।
Advertisement
गत संस्करणको उपविजेता हिमालयन शेर्पालाई ३-० गोल अन्तरले हराउँदै एनआरटीले दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो। एनआरटीका सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले एक-एक गोल गरे। खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार सशस्त्र प्रहरीको एपीएफ र मच्छिन्द्र क्लबबीच खेल हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







