हेटौंडा/मनहरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो। सोही अनुरुप नियन्त्रणका लागि नगर प्रहरी नियुक्त गरी अनुगमनमा तिव्रता दियो।
बुधबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती , प्रहरी प्रशासन , सञ्चारकर्मी लगायतको उपस्थितिमा गाउँपालिकाले जफत गरेको गुट्खाजन्य पदार्थ नष्ट गरेको छ । मनहरी ३ लामिटार स्थित राप्ती खोला किनारमा उक्त पदार्थ नष्ट गरिएको हो ।
Advertisement
गुट्खाजन्य पदार्थ अन्तरगत ४ सय ३६ थान भोला, १ सय १० थान पुकार, १७ थान राजनिवास, १४ थान रजनिगन्धा, ३ सय ८७ थान बाबा सुपारी नष्ट गरिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







