हेटौंडा/रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड हस्तान्तरण गरेको छ।
बुधबार भएको कार्यक्रममा असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पतालको सहयोगमा ९० प्रतिशत छात्रा अध्ययनरत क्याम्पसलाई सेनेटरी प्याड प्रदान गरिएको हो।
९० प्रतिशत छात्रा अध्ययनरत हेटौंडा क्याम्पसमा विद्यार्थीको सहजताको लागि सेनेटरी प्याड हस्तान्तरण गरिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए । हेटौंडा क्याम्पसका अध्यक्ष समेत रहेका रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पस प्रमुख देवीराम लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
अधिकांश छात्रा अध्ययनरत क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पराजुलीले बताए । सामुदायिक रेडियोको धर्म निर्वाह गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सहयोग अभियानलाई जारी राख्ने बताए । अध्यक्ष पराजुलीले सहयोगी संस्था असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे । क्याम्पस प्रमुख लामाले सहयोगलाई सदुपयोग गर्दै छात्राहरुको सहजतामा प्रयोग हुने बताए ।
कार्यक्रममा असल हाइजिन प्रोडक्ट्स प्रालिका सन्चालक वासुदेव तिमल्सिना, हेटौंडा क्याम्पस प्राध्यापक संघ अध्यक्ष भुपेन्द्र कोइराला, स्ववियु सदस्य गणेश तिमल्सिना लगायतले हेटौंडा क्याम्पसमा सहयोग गरेकोमा आभार व्यक्त गरे । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख बालकृष्ण शर्मा र रामु कंडेल, प्राध्यापक मनोज पोखरेल, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, दिव्यतारा सहकारीका सह–व्यवस्थापक ईश्वरी शिल्पाकार, स्ववियु सभापति अभी मैनाली लगायतको आतिथ्यता थियो ।
वार्षिकोत्सव अन्तर्गत १८ गते ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग, १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला र २२ गते समापन कार्यक्रम हुनेछ ।
कार्यक्रममा रेडियो मकवानपुर र क्याम्पसका पदाधिकारीको उपस्थिति रहेको थियो।








