मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टले आफ्नो छोरा घोषणाको विवाह भोजको खर्च कटौती गरेर बुद्धको मूर्ति स्थापना गर्नु एउटा सराहनीय कदम हो।
उनले विलासिता र भडकिलो खर्चभन्दा समाजको लागि उपयोगी काममा लगानी गर्नु एउटा उत्तम उदाहरण हो । छोरा घोषणाको विवाह भोजको खर्च कटौती गरी बुद्धको मूर्ति स्थापना गरेका छन्। उनले विवाह भोजको खर्चबाट कुष्माण्ड सरोवरमा १२ लाखको बुद्ध मूर्ति स्थापना गरेका छन्।
हेटौंडा-९ स्थित धार्मिक पर्यटकीयस्थल कुष्माण्ड सरोवर त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको १२ लाख बराबरको ५ फिट अग्लो बुद्ध मूर्ति स्थापना गरेका छन् ।
मूर्तिको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना लामा र उपप्रमुख राजेश बानियाँले अनावरण गरेका थिए । कार्यक्रममा हेटौंडाका जनप्रतिनिधि, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यराज सेढाई, प्रहरी उपरीक्षक सिताराम रिजाल, राजनीतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्रका महानुभाव, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार विष्टका कान्छा छोरा घोषणा बुधबार सुजता कार्कीसंग वैवाहिक बन्धनमा बाँधिएका थिए ।
मूर्ति अनावरण समारोहमा स्थानीय प्रतिनिधि र अधिकारीको उपस्थिति थियो।








