हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिको सक्रियतामा उदयपुरमा हुन लागेको एक बालविवाह रोकिएको छ। माघ १४ गते गाउँपालिका अध्यक्ष रंजन कालाखेती सहितको टोली उदयपुर पुगेर परिवारलाई बुझाई बालिकालाई फिर्ता ल्याएका थिए।
Advertisement
मकवानपुरकी १६ वर्षीया बालिका र उदयपुरका २१ वर्षीय युवकबीच बालविवाह हुन लागेको थियो। नेपाल कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई अवैध मान्दछ।
बालविवाह रोक्न गाउँपालिका अध्यक्षको नेतृत्वमा गएको टोलीले बालविवाह रोक्न सफल भएको हो। चालु आर्थिक वर्षमा गाउँपालिकाले १४ वटै बालविवाह रोक्न सफल भएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








