हेटौंडा जेसीजले बागमती गाउँपालिका-७ बाख्रेस्थित श्री बाल विकास आधारभूत विद्यालयका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
जेसीजका पूर्व अध्यक्ष जेसीज वर्ष सन् २०२० का अध्यक्ष राजदेव बानियाको स्वर्गीय बुवा विहारीलाल बानियाको स्मृतिमा यो कार्यक्रम गरिएको हो। बालबालिकालाई जुत्ता, मोजा, ट्र्याकसुट लगायतका कपडा वितरण गरिएको छ।
कार्यक्रममा गाउँपालिका वडा नम्वर– ७ का अध्यक्ष उत्तरबहादुर भ्लोन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर घलान, प्रधानाध्यापक कल्पना बस्नेतलगायतले बालबालिकाहरुका लागि जेसीजले विद्यालयमा नै आएर सहयोग उपलब्ध गराएकोप्रति धन्यवाद दिए ।
जेसीजका विभिन्न पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ५० हजार रुपैयाँ बराबरको कपडा वितरण गरिएको थियो।
जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा भएको पोशाक वितरण कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।








