हेटौंडा/निर्माण व्यवसायी संघ मकवानपुरको २४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
सभामा निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीका माग र समस्या प्राथमिकतामा नराख्दा व्यवसायी मर्कामा परेको बताए।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले व्यवसायीहरू आफ्नो पेशाप्रति ईमान्दार नभएको बताए। उनले पेशालाई बुझेर दक्षताअनुसार काम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, केन्द्रीय सदस्य प्रमोद लामिछानेले जनप्रतिनिधि विकास निर्माणमा असफल भएको आरोप लगाए। उनले व्यवसायीको समस्या सम्बोधन नगर्ने जनप्रतिनिधिलाई आलोचना गरे।
कार्यक्रम अध्यक्ष बालगोपाल कडेलको सभाअध्यक्षतामा भएको थियो। साथै विभिन्न नेताहरूले पनि निर्माण क्षेत्रका समस्याबारे धारणा राखेका थिए।








