हेटौंडा/राजारानी फुटबल क्लब धनकुटाले त्रिभुवन आर्मी क्लबलाई मकवानपुर गोल्डकपबाट बाहिर्याएको छ। सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा राजारानी धनकुटाले पेनाल्टी सुटआउटमा विजयी भएको छ ।
Advertisement
खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा जाँदा राजारानी धनकुटा ४-३ ले विजयी भयो।
यसअघि खेलको ११ औं मिनेटमा आर्मीका रासाबहादुर मगरले गोल गरेका थिए भने ८४ औं मिनेटमा राजारानीका मार्टिनले बराबरी गोल फर्काएका थिए। राजारानी धनकुटाका गोलरक्षक दिप कार्कीले खेलको म्यान अफ दि म्याचको अवार्ड जितेका छन्।
मकवानपुर गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्रीस्टार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। कार्कीको उत्कृष्ट बचावले राजारानी धनकुटालाई जिताउन सफल भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







