हेटौंडा/मकवानपुरको मनहरीमा प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
माघ २३ देखि २६ गतेसम्म मनहरी-४, गोलघर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने खेलकुद समिति अध्यक्ष बीरु लामाले जानकारी दिए ।
Advertisement
खेलकुद विकास समिति मनहरीको आयोजना र मनहरी गाउपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा ९ वटा टिम सहभागी हुनेछन्।
आयोजक समितिले मनहरीमा आइतबार पत्रकार भेटघाट गरी प्रतियोगिताबारे जानकारी गराएको हो । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सीता पुलामी मगरले प्रतियोगितामा प्रयोग हुने जर्सी सार्वजनिक गरेकी थिइन् ।
विजेताले ५० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउनेछन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







