हेटौंडा/मकवानपुरको सान्नानीटारमा मंगलबार भएको बस दुर्घटनामा ११ जना घाइते भएका छन्। हेटौँडा उपमहानगरपालिका–१९ सान्नानीटारमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको हो।
Advertisement
दुर्घटनामाघाइते बसचालक मौली राना र सहचालक अभिशेक शर्मासहित ११ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस अनियन्त्रित भई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बोलेरो गाडीलाई ठक्कर दिएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








