हेटौंडा/हेटौंडामा नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा गठन गरिएको छ। मंगलबार भएको एक कार्यक्रममा पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरिएको हो।
Advertisement
नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडा शाखाको अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्ष भएको भेलाले उपाध्यक्षमा सानुकाजी पाण्डे, सचिवमा राजेश वाग्ले र कोषाध्यक्षमा सानुकाजी बस्ताकोटी रहेका छन ।
त्यस्तै सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले विभिन्न निकायले लिइरहेको रगत जाँच शुल्क अन्त्य गर्नुपर्ने बताए। उनले रक्तदाता संगठित भएर काम गर्नुपर्ने बताएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







