मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा विदा दिने भएको छ।
बुधबार पालिकाले सूचना निकालि यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
Advertisement
गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा यही माघ २७ गते सोनाम ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलगायत नेपालीहरूमा शुभकामना व्यक्त गरिएको छ। गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेकाले यो सांस्कृतिक पर्वको अवसरमा बिदा दिइएको बताएका छन।
गाउँपालिका अध्यक्षले यस पर्वले सबै समुदायमा एकता र भ्रातृत्व बढाउने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







