हेटौंडा/वाग्मती प्रदेशको राजधानी हेटौंडामा दुई दिने खेल पत्रकारिता तालिम शुरु भएको छ। जिल्ला फुटबल संघ मकवानपुर र खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा तालिम भइरहेको हो।

तालिमको एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले उद्घाटन गरेका थिए । फुटबल खेलको नियम, प्राविधिक ज्ञान, समाचार लेखन गर्दा ध्यान दिनुपर्ने कुराहरु, फुटबलको सर्वव्यापी मान्यता लगायतका विषयमा दुई दिन प्रशिक्षण हुने उपाध्यक्ष विडारीले जानकारी दिए ।
शुक्रबार रेडियो कान्तिपुरका सम्पादक पवन आचार्य र खेल पत्रकार प्रकाश तिमल्सिनाले फुटबल खेलको रिपोर्टिङको विषयमा सहजीकरण गर्नेछन् ।
नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका उपाध्यक्ष विडारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं लगायतको उपस्थिती थियो ।
पहिलो दिनको तालिमको सहजीकरण फुटवल खेलका विज्ञ सञ्जिव मिश्रले गरेका थिए ।तालिममा फुटबल खेल सम्बन्धी विषयमा ज्ञान दिइँदैछ। शुक्रबारसम्म चल्ने तालिममा ३५ जना सहभागी छन्।








