हेटौंडा/सशस्त्र प्रहरी बलको एपीएफ क्लब मकवानपुर गोल्डकप फुटबलको फाइनलमा पुगेको छ। बिहीबार भएको सेमिफाइनलमा एपीएफले बागमती युवा क्लबलाई ४–० ले हराएर फाइनलमा स्थान बनायो।
एपीएफका चार खेलाडी अनिष महर्जन, प्रदीप लामा, सोङ र फोडे फोफानाले एक–एक गोल गरेर फाइनल प्रवेश गरेका छन् ।
Advertisement
मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनलमा एपीएफका अनिष महर्जनले म्यान अफ द म्याचको अवार्ड जितेका छन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै एक गोलसहित टोलीलाई फाइनलमा पुर्याएका थिए। अनिषले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
एपीएफले शनिबार हुने फाइनलमा न्यूरोड टिमसँग खेल्नेछ भने न्यूरोड टिम पनि फाइनलमा पुगिसकेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







