हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको छ। पालिकाको बैठकका निर्णय सार्वजनिक नगरेको भन्दै सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यममा आलोचना भइरहेको बेला पालिकाले बैठकको प्रत्यक्ष प्रसारण गरेको हो।
नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकले आर्थिक सहयोग, भगिनी सम्बन्ध, पर्यटन प्रवर्धन र सामुदायिक संस्थालाई जग्गा उपलब्ध गराउने विषयमा छलफल गरिरहेको छ।
Advertisement
यसले हेटौंडा उपमहानगरपालिकाको कार्यसम्पादन र पारदर्शिता बढाउन प्रयासको थालनी गर्न सक्छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








