मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताका लागि एपीएफ क्लबका खेलाडी अनिष महर्जनले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। प्रतियोगितामा उनले दुई गोल गरेका थिए।
हालै मात्र एपीएफ क्लबमा अनुबन्धित भएका महर्जन यसअघि हेटौंडाका खेलाडी हुन्।
Advertisement
उनले करिब ५ लाख रुपैयाँ मूल्य बराबरको बुलेट मोटरसाइकल पुरस्कार प्राप्त गरे। यो पुरस्कार पर्शुराम गौतम स्मृति प्रतिष्ठानले प्रदान गरेको हो। प्रतियोगिताका आयोजकले प्रत्येक वर्ष सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







