हेटौंडा/जिल्ला अदालत मकवानपुरले आइतबार (आज)देखि नयाँ भवनबाट सेवा प्रवाह गर्न थालेको छ। निर्माण सम्पन्न भएको ३ महिनापछि मात्र नयाँ भवनको प्रयोगमा ल्याइएको हो।
Advertisement
निर्माण गर्ने ठेकेदार कम्पनीलाई भुक्तानी नगर्दा यति ढिला भवन प्रयोगमा आएको जिल्ला अदालतका श्रेस्तेदारले लेखनाथ पौडेलले जानकारी दिए। अब भुक्तानीको प्रक्रिया अघि बढेकाले औपचारिक उद्घाटन फागुन १६ गर्ने तयारी रहेको छ बताए।
७ इजलास कक्ष तथा १५० क्षमताको सभाहलसहित १३१ कोठा भएको नयाँ भवन १७ करोडमा निर्माण भएको थियो। यसले अदालतको काम कारबाहीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








