हेटौंडा/बाघको आक्रमणबाट बकैया गाउँपालिका-६ मा १९ वटा खसीबाख्रा मारिएका छन्। आइतबार बाघको आक्रमणबाट स्थानीय ३ जना किसानका १९ वटा खसीबाख्रा मारिएको वडा अध्यक्ष फुलमान भोम्जनले जानकारी दिए।
Advertisement
बाघको आक्रमणबाट मारिएका खसीबाख्रा फेला परेपछि स्थानीय त्रसित बनेका छन्। वडा अध्यक्ष भोम्जनका अनुसार, डम्बरबहादुर भोम्जनका ११, कान्छिमाया भोम्जनका ५ र गंगाराज भोम्जनका ३ वटा खसीबाख्रा मारिएका थिए।
जंगलको नजिक चराएका खसीबाख्रा बाघको शिकार बनेको उनको भनाइ छ। बाख्रा मारिएपछि स्थानीयलाई साझ र बिहान घरबाहिर निस्कन डर लागेको अध्यक्ष भोम्जनले बताए।
बाघको उक्त आतंकबाट किसानहरू मारमा परेका छन्। बाघबाट पशुपंक्षी र किसानको ज्यानै जोखिममा परेको उनको भनाइ छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







