हेटौंडा/हेटौंडा उपमहानगरपालिका-१८ स्थित हर्नामाडीमा मंगलबार साँझ आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
साँझ परेको समयमा रामबहादुर पाख्रीनको घरमा आगलागी सुरु भएको थियो। आगो नियन्त्रणमा लिन नसक्दा उक्त घर पूर्णरूपमा जलेर नष्ट भएको हो।
Advertisement
आगलागीको कारण बिजुली सर्ट भएको हुन सक्ने आशंका गरिएको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








