हेटौंडा/मकवानपुरकाे हेटौंडामा नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक हेटौंडा भेट्रान्स क्लबले मंगलबार पत्रकार भेटघाट गरी प्रतियाेगिताकाे जानकारी दिएकाे हाे ।
भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आगामी फागुन २२ गतेबाट हेटौंडा ४ स्थित हुप्रचौर खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियाेगिताकाे विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकाे छ । प्रतियोगितामा २२ वटा क्लबले सहभागिता रहने छन् ।
४५ वर्ष पुरा भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने समूहमा २ जना खेलाडी भने ५० वर्ष माथिकाे हुन् पर्ने खेल संयोजक प्रशान्त पाख्रीनले जनाकारी दिए । प्रतियोगिताको आठौँ संस्करणकाे उपाधी एवीसी भेट्रान्स क्लब पोखराले जितेकाे थियो ।







