मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका छन्।
Advertisement
चितुवाले ढकाल दम्पतीलाई आक्रमण गरेर भाग्ने क्रममा स्थानीय जगन्नाथ ढकालको घरको सेप्टिक टंकीमा परेको थियो। स्थानीय र कुकुरले लखेट्दा चितुवाको टाउको ठोकिएर मृत्यु भएकोइलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।
घाइते ढकाल दम्पतीको उपचार भइरहेको छ भने चितुवाको शव डिभिजन वन कार्यालय पालुङले लगेको छ। यसअघि पनि अंगारे क्षेत्रमा चितुवा देखिएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







