हेटौंडा/बागमती गोल्डकप फुटबलमा न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा पुगेको छ। बिहीबार भएको क्वार्टरफाइनलमा एनआरटीले नव जनजागृति युवा क्लबलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
Advertisement
एनआरटीका मोहित गुरुङले जीतमा मोहित गुरुङ्गले निर्णायक गोल गरेका थिए । उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गुरुङ्ग भएका हुन्।। उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन।
एनआरटीले अब सेमिफाइनलमा जावलाखेल युथ क्लब/मछिन्द्र क्लबसँग खेल्नेछ।
फागुन १० गते हुने फाइनलमा विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







