हेटौंडा/बागमती गाउँपालिकामा जारी छैठौं बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा एपीएफ क्लबले चर्च ब्वाइजलाई ३-१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।
Advertisement
एपीएफको जितमा अनिष महर्जनले २ र फोडे फोफनाले १ गोल गरे। महर्जन म्यान अफ द म्याच चुनिए।
यसअघि न्युरोड टिम एनआरटी पहिलो सेमिफाइनलिस्ट बनेको थियो। एपीएफले अब फाइनलका लागि बागमती विकास समिति र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको फाइनल फागुन १० गते हुनेछ। विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







