हेटौंडा/ मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा शुक्रबार दुई भिन्न ठाउँमा झुण्डीमृत्युका घटना घटेका छन्।
Advertisement
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ चधेरीटोलमा मनहरी गाउँपालिका वडा नम्बर ४ निवासी ४६ वर्षीय राजु सुनारले घरबाट १५० मिटर दक्षिणतर्फको सिसौ रुखमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरले जनाएको छ।
भने उक्त वडा ११ गोल्फिङटारमा बस्ने ७० वर्षीय हरिबहादुर क्षेत्री आफ्नै घरमा फलामको बलोमा नरिवलको डोरीले झुण्डिएको अवस्थामा मृत फेला परेको छ।
दुवै घटनामा मृतकका शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








