हेटौंडा/नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा यहि फागुन १० गतेदेखि हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ।
शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जानकारी दिइएको हो ।
महासंघका जिल्ला अध्यक्ष सबिन मुक्तानका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहका चार/चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महासंघको स्थापना दिवसको अवसरमा आयोजना गरिने प्रतियोगितामा महिला र पुरुष गरी ४/४ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
महिलातर्फ ३०, ३५, ४५ र ५० के.जी. मुनिको र पुरुषतर्फ ३०, ३५, ४५ र ५० के.जी. मुनिको समूहमा खेल हुनेछ।प्रतियोगितामा १५० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।
यस्तै, क्योकुशिन कराते खेलाडहिरुबाट विभिन्न प्रदर्शनी हुने भने प्रतियोगिताको अन्तिम दिन १२ गते घ्याम्पो ब्रेकिङ, आइस ब्रेकिङ, टायल ब्रेकिङ, स्टोन ब्रेकिङ, लठ्ठी ब्रेकिङ, मोटर साइकल पेटबाट गुडाउने जस्ता प्रदर्शनी रहने अध्यक्ष मुक्तानले बताए ।
उत्कृष्ट खेलाडीले २/२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको अन्तिम दिन विभिन्न प्रदर्शनी जस्तै घ्याम्पो ब्रेकिङ, आइस ब्रेकिङ, टायल ब्रेकिङ हुनेछन्।
मकवानपुरका राष्ट्रियस्तरका खेलाडीलाई पनि सम्मान गरिनेछ।







