हेटौंडा/राष्ट्रिय युवासंघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच प्रजातन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा हुने भएको छ।
खेलकुद राष्ट्र र स्वास्थ्यका लागि महत्त्वपूर्ण भएकाले यस्तो प्रतिस्पर्धा आयोजना गरिएको चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले बताए।
Advertisement
आगामी फागुन ११ देखि १९ गतेसम्म काठमाण्डौंमा हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारका लागि पनि मैत्रीपूर्ण सेभेन ए साइड फुटबल आयोजना गरिएकोराष्ट्रीय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले बताएका छन्।
प्रतिस्पर्धाले केपी ओली कपको प्रचार हुनुका साथै दुई संगठनबीचको सम्बन्ध सुमधुर हुने प्रेस चौतारीका अध्यक्ष अधिकारीले बताए। फागुन ७ गते हेटौँडा-५ पिप्ले क्याम्पाचौरमा बिहान ८ बजे हुने प्रतिस्पर्धाको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्नेछन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







