हेटौंडा/ नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ।
हेटौंडा-५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारका लागि गरिएको मैत्रीपूर्ण खेलमा युवा संघले ६-० गोलअन्तरले बिजयी भएको छ।
खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य भएकाले मैत्रीपूर्ण प्रतिस्पर्धा आयोजना गरिएको हो। फागुन ११ देखि १९ गतेसम्म काठमाण्डौंमा हुने केपी ओली कपको प्रचारका लागि पनि यो सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीले बताए।
यो प्रतिस्पर्धाले केपी ओली कपको प्रचार हुनुका साथै दुई संगठनबीचको सम्बन्ध पनि सुमधुर भएको छ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले गरे। कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ , पत्रकार लगायतका नेतृत्वको उपस्थिति रहेको थियो।







