हेटौंडा/मकवानपुरकी एक १३ वर्षीया बालिका बलात्कारको अभियोगमा सिन्धुलीका पूर्व माओवादी लडाकु कमाण्डर पक्राउ परेका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार फागुन ४ गते बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका-७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको छ। उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए। उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








