हेटौंडा/मकवानपुरको गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Advertisement
मंगलबार बिहान ६:१५ बजेतिर गढी गाउँपालिका-४ ज्वालादेवी स्थित भित्री सडकखण्डमा धादिङबजारतर्फबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा अटो चालक अन्दाजी ३५/३६ वर्षीय सुमन देवीप्रसाद घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपरका प्रवक्ता लक्ष्मप्रसाद भण्डारीले बताए । हेटौँडा अस्पतालमा ल्याइएका थिए तर बिहान ६:५८ बजे डाक्टरले मृत घोषणा गरेका छन ।
मृतक घिमिरेको शव परीक्षणका लागि हेटौँडा अस्पतालमै राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








