हेटौँडा/ निर्माण व्यवसायी महासंघको २५ औँ वार्षिक साधारणसभा आगामी चैत १६ र १७ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ।
Advertisement
पहिलो पटक महासंघको साधारणसभा हेटौँडामा आयोजना हुन लागेको हो। निर्माण व्यवसायी संघ मकवानपुर शाखाको समन्वय तथा सहआयोजनामा सभा हुन लागेको महासंघले जनाएको छ।
संघले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बालगोपाल कडेँलले दुई दिने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, सात प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकारसहित करिब १८ सय निर्माण व्यवसायी सहभागी हुने बताए।
करिब दुई हजार व्यक्तिका लागि आवासीय व्यवस्था गरिएको र एक करोड रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको उनले बताए। संघ महासचिव राजेन्द्रप्रसाद चौलागाईंका अनुसार साधारणसभासँगै निर्माण सामग्रीको प्रदर्शनी पनि हुने जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







