हेटौंडा/हेटौंडामा शुक्रबार स्थानीय तहको वैदेशिक रोजगार सम्बन्धी तथ्यांक संकलन तथा समाबेश गर्ने विषयमा वडा प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम भएको छ।
Advertisement
सुरक्षित आप्रबास कार्यक्रममा जनप्रतिनिधिहरुले वैदेशिक रोजगार देशव्यापी समस्या भएको र अवैध आप्रवासन पनि रोक्नुपर्नेमा जोड दिनु पर्ने बताएका छन्।
स्थानीय तहका प्रतिनिधिहरूले स्थानीय सीप, साधन र स्रोतको उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा बताएका छन्।
उपमहानगरपालिकाका पदाधिकारीहरूले वैदेशिक रोजगारीको तथ्यांक संकलन र व्यवस्थापनमा वडाहरूको सहयोगको आग्रह गरेका छन्।
वैदेशिक रोजगारको वर्तमान अवस्था, चुनाैती तथा अवसरबारे सहजकर्ता उमा पाैडेलले सहजीकरण गरेकी थिइन् । कार्यक्रम रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








