मकवानपुर गढी गाउँपालिका स्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खननबारे ब्यापक गुनासोपछि आज खानी क्षेत्रमै छलफल भएको छ।
Advertisement
मकवानपुर क्षेत्र २ का सांसद महेश कुमार बर्तौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन गरिएको छ। अव्यवस्थित उत्खनन र ओभरबर्डेनका कारण तल्लो बस्ती जोखिममा परेको भन्दै अनुगमन गरिएको हो।
छलफलबाट खानीबाट निस्केको ओभरबर्डन व्यवस्थित गर्ने, यस काम सम्पन्न नभएसम्म खानी उत्खनन बन्द गर्ने र प्रभावित क्षेत्रको संरक्षणलगायतका काम गर्ने निर्णय भएको छ।
अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइलगायत स्थानीय बासिन्दासहितले खानी क्षेत्रको अवलोकन गरेका थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







